Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फुटबलः थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

फुटबलः थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • ०८:४२:१० बजे
  • 1.1K
    SHARES
  • फुटबलः थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

    images

    लिगको आठौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र शेर्पाबीचको खेल आज अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

    थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले शेर्पाविरुद्ध ३ अंककै लागि खेल्ने बताए ।

    शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।

    पछिलो खेलमा शेर्पा निकै लयमा समेत देखिएको छ । तर, थ्री स्टारविरुद्ध शेर्पालाई सहज भने छैन ।

  • सम्बन्धित विषय:

  • # हिमालयन शेर्पा भिड्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology