Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको खोप लगाउने तयारी

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको खोप लगाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १३:२१:०९ बजे
  • 673
    SHARES
  • १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको खोप लगाउने तयारी

    काठमाडौं र ललितपुर जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको खोप लगाउने तयारी भएको छ ।

    images

    बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    भक्तपुरसहित अरु जिल्लामा भने मोडेर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौं उपत्यकासहित २० जिल्लाका बालबालिकाहरुलाई फाइजर खोप लगाउने भनेको थियो ।

    ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई यही चार गतेदेखि नै मोडेर्ना खोप दिइएको छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो । तर खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो ।

    अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौं र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने तयारी गरेको छ ।

    ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # खोप लगाउने तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology