Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिलानलाई हराउदै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

मिलानलाई हराउदै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • ०९:५०:०५ बजे
  • 1.5K
    SHARES
  • मिलानलाई हराउदै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि
    युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो ।

    सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।

    images

    यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।

     

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology