Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजमार्गमा सवारी दुर्घटना बढ्यो

राजमार्गमा सवारी दुर्घटना बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १९:२२:५७ बजे
  • 790
    SHARES
  • राजमार्गमा सवारी दुर्घटना बढ्यो

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा पछिल्लो समय सवारीसाधन दुर्घटना बढ्दै गएको छ ।

    images

    पछिल्लो ६ महिनामा सिन्धुली खण्डमा भएका सवारी दुर्घटनामा मात्रै नौ जनाले ज्यान गुमाइ सकेको ट्राफिक प्रहरीको तथ्यांक छ । चालकको लापरवाहीका कारण दिनहुँजासो सवारीदुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । कमलामाई नगरपालिका–४ की शान्ति कार्कीका अनुसार चालकको लापवाहीले सर्वसाधारणसमेत मार पर्ने गरेका छन् ।

    ‘चालकहरू तीव्र गतिमा सवारी चलाउँछन् । सवारीसाधन अनियन्त्रित भई दुर्घटना भएका समाचार पछिल्लो समय बढी नै सुनिने गरेको छ । चालकबीचको प्रतिस्पर्धाले धेरैजासो दुर्घटना भइरहेको छ,’ उनले भनिन् ।

    पूर्वी नेपालबाट राजधानी काठमाडौं भित्रने माइक्रो बस, जिपका साथै मोटसाइकल, स्कुटरलगायतका सवारीसाधन तीव्र गतीमा चल्ने गरेका छन् । उनीहरूबीच आपसमा हुने प्रतिस्पर्धाले दिनहुँजसो दुर्घटना भइरहेको कमलामाई नगरपालिका–६ का स्थानीय सरोज धमलाले बताए ।

    पूर्वी नेपालबाट आएका माइक्रो बसको तीव्र गति कै कारण यात्रा गर्न डर लाग्ने गरेको उनले गुनासो गरे । ‘पूर्वबाट आउने अधिकांश माइक्रो बस तीव्र गतिमा हुन्छन् ।

    बिहान १० बजेपछि मोटसाइकलमा समेत यात्रा गर्न डर हुन्छ । काठमाडौं को चाडो पुग्ने भन्ने माइक्रो बसको प्रतिस्पर्धाले मोटरसाइकलसमेत मारमा पर्छन,’ उनले भने ।

    दुर्घटना कम गर्न लागु गरिएको ‘टाइम कार्ड’ समेत प्रभावकारी नभएको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालू आर्थिक वर्षमा बिपी राजमार्गस्थित सिन्धुली खण्डमा सवारी दुर्घटना परी नौ जनाको मृत्यु भएको छ ।

    साउन, भदौ, असोज, कार्तिक, मंसिर र २० पुससम्म बिपी राजमार्गमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाइसकेका छन् । राजमार्गमा बढी मात्रामा मोटसाइकल, स्कुटर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए ।

    उनका अनुसार राजमार्ग साँघुरो र गुमाउँरो भएकाले तीव्र गतिमा चलाएका धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । ‘चालककै लापरवाहीले दुर्घटना बढ्दै गएको छ, तीव्र गतिमा सवारीसाधन कुदाउँने, जथाभावी ओभरटेक गर्ने, मापसे गरी गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको हो,’ उनले भने ।

    सवारी दुर्घटनामा परेका चालकको उमेर २० वर्षभन्दा कमका धेरै रहेको उनले बताए । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

    साथै सवारी चेकजाँचलाई पनि कडाइ गरेको प्रमुख क्षेत्रीले बताए ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology