Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १४ सय ४६ जनामा संक्रमण पुष्टि

थप १४ सय ४६ जनामा संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • १७:५६:०५ बजे
  • 1.5K
    SHARES
  • थप १४ सय ४६ जनामा संक्रमण पुष्टि

    देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

    नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ । यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

    नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology