Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं उपत्यकामा मध्यराति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ आदेश

काठमाडौं उपत्यकामा मध्यराति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १७:२५:२२ बजे
  • 961
    SHARES
  • काठमाडौं उपत्यकामा मध्यराति १२ बजेदेखि  ‘स्मार्ट लकडाउन’ आदेश

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने निर्णय गरेको छ ।

    images

    मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

    सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको ललितपुरका सीडीओ घनश्याम उपाध्यायले जानकारी दिए ।

    सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनामा उल्लेख छ ।

    यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।

    यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् । स्मार्ट लकडाउनको आदेश आज मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

    k1.jpg

    k2.jpg

  • सम्बन्धित विषय:

  • # स्मार्ट लकडाउन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology