Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकैदिन २४४४ जनामा संक्रमण पुष्टि

नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकैदिन २४४४ जनामा संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १७:३२:४० बजे
  • 979
    SHARES
  • नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकैदिन २४४४ जनामा संक्रमण पुष्टि

    नेपालमा मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १० हजार ६४८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८१ जना र ४ हजार ३८५ एन्टिजेन परिक्षणका क्रममा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६०७ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, थप ३१३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७९८ जना निको भएका छन् ।

    हाल नेपालमा ९ हजार ५२२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology