Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु

पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १९:३४:२५ बजे
  • 538
    SHARES
  • पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु

    पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो ।

    images

    सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ ।

    गणनामा पंक्षी अवलोकन कर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता छ ।

    सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउन गणना सुरु गरिएको गण्डकीको वन मन्त्रालयले जनाएको छ ।

    पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे ताल, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपंछी गणना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

    हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिएपनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको उनको भनाइ छ ।

    ‘पोखरा पानी चराका लागि उपयुक्त मौसम र भुगोल छ । यहाँ चराहरु रमाउन सक्छन्,’ उनले भने, ‘विस्तारै मानवीय गतिविधिले जलकुण्डहरु हराएका छन् ।

    चराहरु पनि घट्दै गएका छन् ।’ पोखरामा रैथाने पन्छीसँगै वर्षेनी घुमन्ते पंक्षीहरु समेत विचरण गर्ने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # पोखरा उपत्यका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology