चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।
धान कुट्ने क्रममा सल बेरिएको हो ।
मृतक बोहराको शरीर दुई भाग भएको छ ।
उनका दुई छोरा दुई छोरी छन् ।