Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • १४:२२:३० बजे
  • 991
    SHARES
  • रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

    दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ ।

    images

    कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ । तर, कोरोनाको लक्षण पनि रुघाखोकीसँगै मिल्दोजुल्दो हुने भएकाले सामान्य रुघाखोकीलाई पनि धेरैले कोरोना नै भनेर आत्तिएको हामीले देखेका छौँ ।

    संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धेरैलाई चिन्ता हुन्छ– कतै मलाई पनि कोरोना भाइरसको संक्रमण त भएन ।

    तपाईंलाई देखिएका लक्षण रुघाखोकी, मर्की वा कोरोना भाइरस के–को हुनसक्छ भनेर कसरी थाहा पाउने त ?

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यी तीनै रोगका प्रारम्भिक लक्षणहरु छुट्याएको छ । उक्त वर्गीकरणअनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन् ।

    रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैन । उदाहरणका लागि तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कारोना भाइरसको लक्षण होइन । यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैन ।

    मौसमी रुघाखोकीका लक्षण
    नाकबाट पानी आउने
    नाक बन्द हुने
    हाछ्यूँ आउने
    शरीर दुख्ने
    हल्का ज्वरो आउने
    टाउको दुख्ने
    सामान्य उपचार तथा आरामले फाइदा गर्ने छोटो समयमा निको हुने
    अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

    कोरोना संक्रमणका लक्षण
    उच्च ज्वरो आउने
    सुक्खा खोकी लाग्ने
    एकदम थकाइ लाग्ने
    सास फेर्न गाह्रो हुने
    स्वाद र गन्ध थाहा नहुने
    घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
    खाना नरुच्ने
    निको हुन १० दिन लाग्न सक्ने
    अक्सिजन र आइसियूको उपचार आवश्यक पर्ने

  • सम्बन्धित विषय:

  • # रुघाखोकी र कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology