Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:०८:३१ बजे
  • 862
    SHARES
  • रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

    संखुवासभाको खाँदबारी नगरपालिका –१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ ।

    images

    खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए ।

    प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तिको क्रममा सडक छेउमा थुपारिएको बोरा खोलेर हेर्दा विभिन्न सामग्रीहरु फेला परेको बताए ।

    मंगलबार बिहान सडक छेउमा राखिएको बोरा भित्र ९ हजार ५ सय २० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधी १ सय १६ प्याकेट, केएचटुपिओ नामको औषधी १५ प्याकेट, सिलिलोङ नामको औषधी २० बोतल र वाटर पम्प लेखिएको औजार एक थान फेला परेको हो । चेप्टो र चिल्लो रुद्राक्षको दाना चिचियाँ ब्यापारीहरुको रोजाईमा पर्दै आएको छ ।

    सवै सामग्री भन्सार छलेर ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त सामान हालसम्म कोही पनि दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    बरामद भएको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी पठाईएको प्रहरी निरिषक अधिकारीले बताए । पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाईदै आएको छ ।

    क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किेने गरेको छ । त्यस्तै, रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधीहरु छर्किने गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अवैध औषधि बरामद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology