Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमती मारेको भियोगमा एक जना सात वर्षपछि पक्राउ

श्रीमती मारेको भियोगमा एक जना सात वर्षपछि पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:११:०४ बजे
  • 688
    SHARES
  • श्रीमती मारेको भियोगमा एक जना सात वर्षपछि पक्राउ

    श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।

    images

    आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका–६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो।

    डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ। मंगलबार राति १०ः३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए।

    चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए। ससुराल कृष्णनगर नगरपालिका–६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए।

    छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ।

    मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो। घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

  • सम्बन्धित विषय:

  • # सात वर्षपछि पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology