Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफूले नै मान्छे मारेर गाडेका बताएपछि.....

आफूले नै मान्छे मारेर गाडेका बताएपछि.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:१९:५५ बजे
  • 937
    SHARES
  • आफूले नै मान्छे मारेर गाडेका बताएपछि.....

    बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ ।

    images

    सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो ।

    गत हप्ता मात्रै आफूलाई अपहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछि सडेको अवस्थामा शव भेटाएको हो ।

    शव स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भने,‘केही दिन अघि हराएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको थियो । तर, उसले आफैले मान्छे मारेर भागेको भनेपछि हामीले ओडारभित्र खनेपछि शव भेटाएका हौं ।

    यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे शव निकालिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

    आफूले हत्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मार्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # आफूले नै मान्छे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology