Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम जानकारी

आजको मौसम जानकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • ०८:२१:४४ बजे
  • 1.1K
    SHARES
  • आजको मौसम जानकारी

    नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

    images

    आज बिहान देशका अधिकांश भूभागको मौसममा सामान्य बदली भएको छ । प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली हुनेछ भने देशका अन्य भूभागको मौसममा आंशिक बदली हुनेछ ।

    शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।

    प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार प्रदेश १ र बागमतीका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।

    प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम जानकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology