Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोना भाइरस ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

नेपालमा कोरोना भाइरस ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • ०८:३२:४१ बजे
  • 760
    SHARES
  • नेपालमा कोरोना भाइरस ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

    नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ ।

    images

    सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

    चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

    ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

    कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए ।

    उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology