एजेन्सी । रियल म्यड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरे । खेलको २५औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई आग्रता दिलाएका थिए ।
उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७२औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । ८३औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । ९८औं मिनेटमा भोल्भेर्डेले गर्दै रियललाई फेरि अग्रता दिलाए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जित्यो । अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ ।