Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित

टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १७:४८:४० बजे
  • 1.4K
    SHARES
  • टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित

    महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताए । अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको उनले बताए ।

    ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेको भनाई छ । धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको उनले बताए ।

    आजै पनि खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेको उनले बताए ।

    अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको उनको भनाई छ ।

    स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology