Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित भएकै कारण सुवासले गंगाजमुना गाउँपालिकाको जागीर गुमाए

दलित भएकै कारण सुवासले गंगाजमुना गाउँपालिकाको जागीर गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १९:०२:४० बजे
  • 1.5K
    SHARES
  • दलित भएकै कारण सुवासले गंगाजमुना गाउँपालिकाको जागीर गुमाए

    धादिङ। धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा प्रायजसो जसो राम्रो होस् या नराम्रो कामबाट बेलाबखतमा चर्चामा अाईरहेकाे छ। हिजो गंगाजमुना गाउँपालिकामा यस्तै एउटा नपत्याउँदो  घटना घटेको छ। पालिकामा संचालित क्यान्टीनमा काम गर्न स्थानीय युवा सुवास बिकलाई दलित भएकै कारण उनेले गरेकाे काम छाेडन बाध्य बनाईयो।
     
    पालिकामा संचालित क्यान्टीनमा कुककाे  काम गर्थे। क्यान्टीन सञ्चालक दिपेन्द्र अधिकारी र सुवास बिकबीच मासिक बीस हजारमा काम गर्ने मौखिक रुपमा सहमति भएको थियो। सुवास गाउँमा नै काम पाएका कारण उनी खुसी थिए।
     
    तर उनकाे खुसी केही दिनमै दलित भएको कारणले काम छोड्न बाध्य भयाे। त्यस क्यान्टिनमा स्थानीय व्यक्ति हस्पिटलका कर्मचारी गाउँपालिकाका कर्मचारी स्कुलका  शिक्षक शिक्षिकाहरु सबैजना खाना खान आउँथे। त्यस क्यान्टिनमा एक स्थानीय व्यक्ति खाना खान आउने क्रममै सुवासलाई देखेपछि याे बिबाद बाहिर अाएकाे हाे।

    images

    क्यान्टिनमा पालिका कर्मचारी, हस्पिटलका कर्मचारी प्रायजसो: खाना खान आउन छाडेपछि क्यान्टिन सञ्चालक दिपेन्द्र अधिकारीले बाध्य भएर सुवासलाई काम छोड्न भने।
     
    छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो। नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ। कतिपय स्थानहरूमा दलित समुदायमाथि छोइछिटो गर्ने, मन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन्। 

    यस्ता व्यवहार हाम्रा समाजका समस्या हुन्। परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ। यस विषयमा माईस्थान एक आएका सबै राजनीतिक दलको अग्रजहरु र स्थानीय सरकार परी प्रशासन सबै बसेर छलफल गरि समस्याकाे समाधान गर्नुपर्दछ। 

    एक्काइसौं शताब्दी शताब्दीमा पनि जातीय  कुरा गर्नु कति लाजमर्दो छ, राजनीतिक दलका नेताहरुले भाषण मात्रै गर्छन तर व्यवहारमा कैले उतार्ने। परिवर्तन भनेको सबैभन्दा पहिला आफैबाट गरौं त्यसपछि आफ्नो परिवार समाज गाउँको अनि देशको परिवर्तन गरौं अनिमात्र देश बिकास हुन्छ। जातीय छुवाछुत कानुनी अपराध हो।
     
    नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ। तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन। गृहपृष्जातीय छुवाछुत कानुनी अपराध हो।

    नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ। तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन। अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन्। 

    केही दिन पहिले मात्र सुर्खेतको पश्चिम बराहताल गाउँपालिकामा भान्सा छोएको आरोपमा एक दलित बालकमाथि निर्मम कुटपिट भयो। समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन। पँधेरो होस् वा घरभित्र सामान छुँदासमेत दलितले यातना व्यहोर्नु परिरहेको छ। शिक्षित व्यक्तिहरूले नै दलितमाथि जातीय विभेद गर्ने र मन्दिरमासमेत रोक लगाउने गरेको पाइन्छ। 

    जातजाति वंश समुदाय वा पेसाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समयदेखि वंशाणुगत रूपमा चलिरहेको छ। पहिला कामको आधारमा माथिल्लो जात र तल्लो जात भनेर वर्गीकरण गरिएको हो। काटे रगत सबैको रातै आउँछ मान्छे एउटै हुन् भन्ने जनचेतनाको कमीका कारण हाम्रो नेपाली समाजमा अझै पनि जातीय छुवाछुतले जडो गाडेर बसेको छ। 

    माथिल्लो जात वा वर्गले तल्लो जातका व्यक्ति र समुदायलाई अझै पनि हेप्ने र गाली गलौज गर्ने चलन छ। यसलाई उन्मूलन बनाउनको लागि सबैमा जनचेतना जगाउन जरुरी छ। भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्नु सबै सचेत नागरिकको भूमिका रहन्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology