Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्य मन्त्री

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्य मन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १९:२४:२१ बजे
  • 844
    SHARES
  • सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्य मन्त्री

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लकडाउन नहुने स्पष्ट पारेका छन् ।

    images

    बिहीबार काठमाडौं कीर्तिपूर अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताए ।

    बिगतमा अन्य मुलुकको अवस्था हेरेर नेपालमा लकडाउन गरेपनि अब भने आवश्यकता हेरेर मात्रै लकडाउन गर्ने मन्त्री खतिवडाको भनाइ छ ।

    ‘यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको छ ।

    अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार जाँदैन,’ उनले भने, ‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोछ ।

    लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन।’ उनले सरकार नागरिकहरुका असहज परिस्थितीमा सँधै साथ रहने बताए ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य मन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology