Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १९:२६:२५ बजे
  • 994
    SHARES
  • धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

    म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ ।

    ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण, बच्चाको तौल बृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसुति हुनेलाई घ्यु, अण्डा लगायतका पौष्टिक आहरा उपहार दिन शुरु गरेको हो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसुति सेवामा पहुँच बढाउने र कुपोषण न्युनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
    DRM Garvabati ra Sutkeri lai posilo aahara 4.jpg
    “स्वास्थ्य संस्थामा सुत्केरी भएका, चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको बृद्धी अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ,” उहाँले भन्नुभयो “पालिका भित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुबिधा पाउने कार्यबिधी बनाएका छौ ।”
    चार पटकको गर्भपरिक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यु र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपलहार दिने गरिएको छ । १५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा बृद्धी अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् ।

    चालु आर्थिक बर्षमा रु. छ लाख बजेट बिनियोजन भएको यस कार्यक्रमबाट वडा नम्बर ३ मुना, ५ मल्कवाङ र ६ मराङका २६ जना सुत्केरी, १६ जना गर्भवति र ३४ जना बालबालिकाले यो सुबिधा पाएका छन् ।
    DRM Garvabati ra Sutkeri lai posilo aahara 3.jpg
    मंगलबार वडा नम्बर ७ ताकममा २६ जना सुत्केरी, १९ जना गर्भवति र पुर्ण खोप लगाएका सात जनालाई पौष्टिक आहरा बितरण गरिएको छ । अन्य वडाहरुमा पनि स्वास्थ्य संस्था मार्फत यो सेवालाई निरन्तरता दिइएको छ ।

    भौगोलिक रुप्मा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङमा गत बर्ष धवलागिरीका ३०० जना सुत्केरी भएपनि पालिका भित्रैका संस्थामा सुरक्षित प्रसुति सेवा लिनेको संख्या १२९ जना थियो । धवलागिरीको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा उपलब्ध छ ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology