Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाेखरामा आज शनिबार विहान मात्र थप १६ जनाका काेराेना संक्रमण भेटिए,संक्रमित मध्ये १ जना ६ बर्षकी बालिका

पाेखरामा आज शनिबार विहान मात्र थप १६ जनाका काेराेना संक्रमण भेटिए,संक्रमित मध्ये १ जना ६ बर्षकी बालिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १३:०४:५७ बजे
  • 2.4K
    SHARES
  • पाेखरामा आज शनिबार विहान मात्र थप १६ जनाका काेराेना संक्रमण भेटिए,संक्रमित मध्ये १ जना ६ बर्षकी बालिका
    पाेखरामा आज शनिबार विहान मात्र थप १६ जनाका काेराेना भाइरस संक्रमण भेटिएकाे छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विहान २ पटक गरेर दिएकाे जानकारी अनुसार पाेखरा महानगर पालिका भित्र मात्र १६ जनामा संक्रमण पुष्टि भएकाे हाे । गण्डकी प्रदेशभरमा २४ जना थपिएका छन् ।

    पोखरा महानगरको वडा नं. ४ का १ जना र ९ का २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । वडा नम्बर ९ का संक्रमित मध्ये १ जना ६ बर्षकी बालिका हुन् भने ६१ बर्षकी महिलामा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै ४ का ३५ बर्षीय युवालाई काेराेना लागेकाे छ ।

    यसैगरी निर्देशनालयले जारी गरेकाे दाेश्राे रिपाेर्ट अनुसार पोखरा महानगरपालिकाका आठवटा वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

    महानगरको वडा नं ४ मा २ जना , वडा नं ५ मा १ जना , वडा नं ६ मा २ जा ,वडा नं ८ मा ४ जना , वडा नं ९ , १६ ,२७ र ३० मा एक जना कोरोना संक्रमित थपिए हुन् ।

    त्यसैगरी शनिबार बिहान नै गण्डकी प्रदेशको तनहुँ स्थित भिमादका  ४८  वर्षीय पुरुष र आबुखैरेनीका  ३९ वर्षका पुरुष,  स्याङजा वालिङ-१३ का ४५ वर्षीय पुरुष र फेदीखोला -२ का  ३० वर्षीय पुरुष, बागलुङ -२ का २६ वर्षीय पुरुष तथा नवलपुरका ३  पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६८ पुगेको छ 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology