Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

धादिङमा सुख्खा पहिरोमा हराएका मानिसहरु अझै भेटिएनन्

धादिङमा सुख्खा पहिरोमा हराएका मानिसहरु अझै भेटिएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १९:३६:१० बजे
  • 658
    SHARES
  • धादिङमा सुख्खा पहिरोमा हराएका मानिसहरु अझै भेटिएनन्

    उत्तरी धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

    images

    धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बिहीबार साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको र शुक्रबार बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने प्रजिअ लम्सालले रातोपाटीलाई बताए ।

    प्रजिअ लम्सालका अनुसार हाल उद्धार कार्यका लागि नेपाली सेनाको मेजरको कमाण्डमा २० जना सेना, शसस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा ११ जना शसस्त्र प्रहरी र जनपथ प्रहरीका इन्सपेक्टरको कमाण्डमा ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् ।

    उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो । बिहीबार दिनभर उद्धारको प्रयास गरिएपनि माथिबाट सुख्खा पहिरो खसिरहेको कारण उद्धारमा कठिनाई भएको प्रजिअ लम्सालले बताए ।

    उद्धारका खटिएका सुरक्षाकर्मीहरु यतिबेला तिप्लिङको लाथुङ कार्बो प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

    बिहीबार बिहान डोजरबाट बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा उत्तरी धादिङको तिप्लिङमा डोजरसहित तीनजना वेपत्ता भएका थिए ।

    वेपत्ता हुनेहरुमा डोजरचालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय सहचालक राजु तामाङ र उनीहरुलाई सहयोग गरिरहेका स्थानीय २५ वर्षीय अनिश तामाङ पनि पहिरोमा परी वेपत्ता भएका थिए ।

    बिहीबार बिहानैबाट खोजी र उद्धार कार्य सुरु गरिएको भएपनि उनीहरुलाई फेला पार्न सकिएको छैन । प्रजिअ लम्सालका अनुसार खोजीका क्रममा डोजरको आधा भाग देखिएपनि हराएका व्यक्तिहरु फेला पार्न सकिएको छैन ।

    धादिङका प्रजिअ कृष्णप्रसाद लम्सालका अनुसार उक्त स्थान भौगोलिक दृष्टकोणले कमजोर रहेको रिपोर्ट पहिले नै आएको थियो । पहिले पनि उक्त स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो ।

    भूकम्पपछि उक्त स्थान अझै कमजोर बनेको भएपनि उचित सतर्कता अपनाउन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # धादिङमा सुख्खा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology