Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ए डिभिजन लिग फुटबलः आजबाट नवौं चरणका खेल

ए डिभिजन लिग फुटबलः आजबाट नवौं चरणका खेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:३१:१६ बजे
  • 880
    SHARES
  • ए डिभिजन लिग फुटबलः आजबाट नवौं चरणका खेल

    सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट नवौँ चरणका खेल हुँदैछन् ।

    images

    पहिलो दिन आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेको शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ ।

    एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ ।

    रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ । ८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौं स्थानमा छ ।

    आज अपरान्ह पौने ५ बजे हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ । अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ ।

    सातौ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ । सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरुमा भने लय बिर्सिएको छ ।

    उसले मनाङविरुद्ध पुरानै प्रदर्शनलाई दोहोराउने योजना बनाएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नवौं चरणका खेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology