Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरेनियम खानी वरदान होइन, अभिशाप बन्यो

युरेनियम खानी वरदान होइन, अभिशाप बन्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:४२:०२ बजे
  • 871
    SHARES
  • बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् ।

    images

    प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

    खानी नजिकका बासिन्दा वर्षाैंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् ।

    जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहँुदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ ।

    खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

    सन् १९९० को दशकमा साबिकको धियाल गाउँ विकास समितिमा पर्ने कालापानी खोला, तीनभँगाले, आँपदमार खोलालगायत स्थानमा अन्वेषणबाट बहुमूल्य युरेनियम खानी फेला पर्दा अन्वेषणकर्ता र सरकारी अधिकारीहरू जति खुसी थिए, त्योभन्दा बढी स्थानीय बासिन्दाले हर्ष मनाएका थिए ।

    स्थानीय बासिन्दामा विकास आउने आशा र अपेक्षा थियो तर अहिले युरेनियम खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय बासिन्दाका लागि युरेनियम खानी वरदान होइन, अभिशापमा परिणत हुँदै गएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # अभिशाप बन्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology