Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १४:२४:४४ बजे
  • 1.3K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । विभिन्न जिल्लामा थप ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ४२ पुगेको छ ।

    images
     

    पर्सामा गएराति र आज बिहान दुईजनाको मृत्यु भएको छ । आज बिहान बहुदरमाइ-४, का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।

    हिजो बेलुकी ८ बजे वीरगञ्ज महागरपालिका-२६, का ८८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनी हिजो नै अस्पताल भर्ना भएका थिए ।

    त्यस्तै मकवानपुरको हेटौँडामा ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको चितवनको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो ।

    त्यस्तै सिरहामा पनि एक पुरुषको मृत्यु भएको छ । मिर्चैया-४, का ६८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

    त्यस्तै धनुषामा पनि थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार मृत्यु भएका धनुषा नगराइनका ५० वर्षीय पुरुषको स्वाब परीक्षण रिपोर्ट हिजो बेलुकी पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology