Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फेला परेन बाघ,प्राविधिक टोली दुईदिन जंगलमै

फेला परेन बाघ,प्राविधिक टोली दुईदिन जंगलमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:४४:०७ बजे
  • 994
    SHARES
  • फेला परेन बाघ,प्राविधिक टोली दुईदिन जंगलमै

    राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन ।

    images

    बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली दुईदिनदेखि जंगलमै बसेर बाघको खोजी गरि रहेपनि फेला पर्न सकेको छैन ।

    फत्तेपुरस्थित मानव बस्तीदेखि करीब पाँच किलोमिटरभित्र जङ्गलमा बाघको हालसालको पाइला फेला परे पनि बाघ भने अझै फेला नपरेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले बताउनुभयो ।

    उहाँले गएराती दुई वटा पाडो बाँधेर पाइला फेला परेको क्षेत्रमा टोली बसेकोमा बाघ सो क्षेत्रमा नआएको बताउनुभयो । टोलीले मंगलबार राती पनि सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर राखेको थियो ।

    तर, सो रात पनि बाघ त्यहाँ आएको थिएन । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काका अनुसार सो स्थानमा बाघ नआएकोले अब सो नजिकका अन्य क्षेत्रमा समेत खोजी गर्न शुरु गरिएको बताउनुभयो ।

    बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले हालसालकै पाइला भेटेपनि बाघ नदेखिनुलाई आश्चर्यजनक रुपमा लिएको छ ।

    बाघ धेरै टाढा नगएको हुनुपर्ने जनाउँदै टोलीले विहिबार पाइला पछ्याउँदै खोजी गरिरहेको सुचना अधिकारी खड्काले बताउनुभयो ।

    बाघ नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुईदिन जंगलमै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology