Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • २१:५१:१४ बजे
  • 970
    SHARES
  • ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

    नेपालमा काेराेना संक्रमितकाे संख्या दिनानु दिन बढिरहेकाे छ ।

    images

    शुक्रबार एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १३ हजार ४७४ पिसिआर परीक्षणका क्रममा ४ हजार २०४ जना र ७ हजार ८६५ एन्टिजेन परीक्षणका क्रममा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, थप ३०६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । हाल नेपालमा १८ हजार २३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology