Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १०:११:३५ बजे
  • 889
    SHARES
  • तनहुँ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

    तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    images

    बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।

    विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    तनहुँकै घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

    शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

    घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपका चालक सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology