Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुलुकभर एकैदिन ४६३६ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

मुलुकभर एकैदिन ४६३६ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:२२:३० बजे
  • 1.1K
    SHARES
  • मुलुकभर एकैदिन ४६३६ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

    पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् ।

    images

    मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ५० हजार २४५ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ५० जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५५६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख ८६ हजार ६९८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology