Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती प्रधानमन्त्री कपको सेमिफाइनलमा

बागमती प्रधानमन्त्री कपको सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:२६:४२ बजे
  • 748
    SHARES
  • बागमती प्रधानमन्त्री कपको सेमिफाइनलमा

    बागमती प्रदेश प्रधानमन्त्री (पिएम) कप टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

    images

    टियु क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।

    बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

    बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे । गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २÷२ विकेट लिए । अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १÷१ विकेट लिए ।

    यस जितसँगै समूह ‘बी’मा रहेको बागमतीले ४ खेलमा ६ अंक जोड्यो । बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । गण्डकी ३ खेलमा अंकविहीन रहेको छ । गण्डकी पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # धानमन्त्री कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology