Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका बिरामी नआउनु: भरतपुर अस्पताल

कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका बिरामी नआउनु: भरतपुर अस्पताल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:३२:४७ बजे
  • 754
    SHARES
  • कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका बिरामी नआउनु: भरतपुर अस्पताल

    चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ ।

    images

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् ।

    अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

    “यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

    सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

    तत्कालै अस्पताल पुग्नुपर्ने बिरामी र बिरामी कुरुवाले पनि हेलचक्राई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # भरतपुर अस्पताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology