Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने

कास्कीमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:३५:२३ बजे
  • 1.7K
    SHARES
  • कास्कीमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने

    जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागु हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।

    images

    गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकको निर्णय समेतका आधारमा शनिबारदेखि जिल्लाभर लागु हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।

    प्रशासनले आदेश जारी गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन, महोत्सव तथा मेलाको आयोजना गर्न र सभा सम्मेलनमा रोक लगाएको छ ।

    शनिबारबाटै जिल्लाभर सार्वजनिक सेवा लिँदा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ ।

    जारी आदेश अनुसार सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ ।

    सवारीसाधनमा लामो दुरीको यात्रा गर्दा तथा हवाई जहाजबाट यात्रा गर्दा खोप कार्ड अथवा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ ।

    औषधिलगायतका अत्यावश्यक वस्तु तथा सेवाको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने र सहज आपूर्तिमा रोक लगाउने जस्ता कार्य भएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

    K1.jpg

  • सम्बन्धित विषय:

  • # कास्कीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology