Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण

गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:४१:३७ बजे
  • 913
    SHARES
  • गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण

    गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ११३ र एन्टिजिन परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ ।

    गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबार १८६ र आज शनिबार २०६ जनामा संक्रमण देखिएको हो ।

    एक हप्ताको तथ्याङक हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ८०, लमजुङ ११, पर्वतमा १, स्याङजा २२, म्याग्दी १४, तनहुँ ९ र नवलपरासी पूर्वमा ६९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ४३८ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

    प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ५३ पुगेको छ ।

    प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology