Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

मनाङका बाढीपीडितलाई प्रदेश सरकारको राहत

मनाङका बाढीपीडितलाई प्रदेश सरकारको राहत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १०:२६:२७ बजे
  • 442
    SHARES
  • मनाङका बाढीपीडितलाई प्रदेश सरकारको राहत

    गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

    images

    प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरेको हो ।

    मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको बताए ।

    उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन ।

    प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरेको हो ।

    प्रदेश सरकारबाट जिल्लाभरका ७४ जना लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

    प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए ।

    उनकाअनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए ।

    मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ ।

  • सम्बन्धित विषय:

  • # मनाङका बाढीपीडित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology