Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • ११:२१:३० बजे
  • 832
    SHARES
  • ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

    केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

    images

    चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।

    हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन ।

    साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदार पदमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’

    सेनाको हेडक्वार्टरबाटै नाम नखुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए । ‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो । ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास छाएको छ ।

  • सम्बन्धित विषय:

  • # ध्रुवे हात्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology