Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १३:४४:०७ बजे
  • 589
    SHARES
  • बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

    धारामा कपडा धोइरहेका दुईजनालाई बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन्।

    images

    सिद्धचरण नगरपालिका–२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो।

    ना१ज ४९५१ नम्बरको नौजना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए।

    उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ। गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ।

    चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बोलेरोले ठक्कर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology