Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • ०८:३१:४१ बजे
  • 790
    SHARES
  • स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

    नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् ।

    images

    केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ । स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ ।

    अस्पतालका कोभिड फोकल पर्सन डा निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताउनुभयो ।

    उहाँकाअनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहनुभएको छ ।

    स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आइसियु सेवा बन्द गरेको डा बममे जानकारी दिनुभयो ।

    यसरी अस्पतालमा आउने संक्रमित पनि बढ्दै जाने र उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित हुनसक्ने उहाँको भनाई छ ।

    ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप बढेको डा बमले बताउनुभयो ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology