Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

जाजरकोट भूकम्पको उच्च जोखिम

जाजरकोट भूकम्पको उच्च जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • ०८:४५:५१ बजे
  • 517
    SHARES
  • जाजरकोट भूकम्पको उच्च जोखिम

    जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेको बताए ।

    images

    भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ ।

    “सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,” कार्कीले भने । २०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए । “हामीले भूकम्प रोक्न सक्दैनौँ,” देवकोटाले भने, “भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।”

    भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततीले भूकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए ।

    खानेपानी उर्जा तथा सिंचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचारसहिंतालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताए ।

    जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # उच्च जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology