Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरे

विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७७ बुधवार • १९:१०:५२ बजे
  • 1.3K
    SHARES
  • विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरे

    विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् ।

    images

    ‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार गरेको हुन् । साथै आगामी जुलाई महिनामा फेसबुक बहिष्कार गर्न उनीहरुले अन्य ब्राण्डहरुलाई समेत अपिल गरेका छन् ।
    फेसबुकले आफ्नो प्लाटर्फममा जातीवादी, हिंश्रक तथा घृणाजन्य सामाग्रीका साथै गलत सूचना फैलिनबाट रोक्नका लागि कठोर नीति अबलम्बन नगरेसम्म फेसबुकमा आफुले कुनैप्नि विज्ञापन नदिने नर्थफेस ब्राण्डको स्वामित्व रहेको भिएफ कर्प नामक कम्पनीले जनाएको छ । स्मरण रहोस् भिएपफ कर्पकै स्वामित्वमा टिम्बरल्याण्ड तथा भान्स लगायतका ब्राण्ड समेत रहेका छन् । आगामी दिनमा आफ्ना अन्य ब्राण्डहरुलार्य समेत कम्पनीले फेसबुक बहिष्कार अभियानमा सामेल गराउन सक्ने आँकलन गरिएको छ ।

    विज्ञापन रोकेर फेसबुक बहिष्कार गर्ने नर्थफेसको निर्णयमा प्याटागोनियाले पनि साथ दिएको छ । कम्तिमा जुलाई महिनाको अन्त्यसम्मका लागि फेसबुकमा कुनैप्नि विज्ञापन नगर्ने प्याटागोनियाले घोषणा गरेको छ ।

    ट्विटमार्फत् प्याटागोनियाले भनेको छ,’स्टप हेट फर प्रोफिट अभियानमा जोडिन पाउँदा प्याटागोनियाले गौरवान्वित महसूस गरेको छ । तत्कालैबाट लागु हुनेगरी हामीले फेसबुक र इन्स्टाग्राममा सबैखाले विज्ञापन बन्द गरेका छौँ र यो निर्णय फेसबुकले कुनै अर्थपूर्ण कदम नउठाएको खण्डमा कम्तिमा जुलाई महिनाको अन्त्यसम्म कायम रहनेछ ।’

    स्मरण यसअघि फेसबुकमै कार्यरत कर्मचारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विवादास्पद तथा जातीवादी पोष्टहरु फेसबुकबाट नहटाएको भन्दै सिईओ मार्क जुकरबर्गको आलोचना गरेका थिए । त्यसरी आलोचना गर्ने कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको थियो ।

    तथापि फेसबुकले भने समता तथा जातीय न्याय प्रवर्द्धनका लागि आफू प्रतिबद्ध भएको दाबी गरेको छ ।

    ‘हामीले आफ्नो नीतिको समीक्षका लागि कदम चाल्दैछौँ । यसले हामीहरुले कुनै पनि नीति कसरी कार्यान्वयन गर्ने भन्ने कुराको निर्णय गर्दा विविधता र पारदर्शिता सुनिश्चित गर्नुका साथै हाम्रो प्लाटर्फममा जातीय न्याय र प्रयोगकर्ताहरुको संलग्नतालाई पनि बढावा दिनेछ’, फेसबुकले आफ्नो एक ब्लग पोष्टमा भनेको छ ।

    विश्लेषकहरुका अनुसार कतिपय ठूला ब्राण्डहरुको बहिष्कारले फेसबुकको कूल आम्दानीमा खासै फरक नपर्ने भएको हुँदा फेसबुकले जातीवादी तथा हिंश्रक सामग्रीहरुमा बन्देज लगाउनका लागि कुनै खास कदम नचाल्न सक्दछ ।

    फेसबुकको विज्ञापनबाट कमाउने कुल आम्दानीको ठूलो हिस्सा स-साना विज्ञापनदाताहरु रहेको र ती असंख्य विज्ञापनदाताहरु फेसबुक बहिष्कारका लागि एक्येबद्ध हुन असम्भव रहेको एन्डर्स एनालिसिस कम्पनीका प्रमुख जोसेफ इभान्स बताउँछन् ।

    तर कोरोना भाइरस महामारी कारण साना विज्ञापनदाताहरु अहिलेको समयमा आर्थिक संकटमा परेको हुँदा ठूला विज्ञापनदाताको बहिष्कारले फेसबुकलाई असर पार्नसक्ने सम्भावना समेत रहेको छ ।

    बीबीसी/अनलाइनखबर

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology