Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चन्द्रागिरिमा एक जनाको हत्या

चन्द्रागिरिमा एक जनाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १७:०१:२९ बजे
  • 796
    SHARES
  • चन्द्रागिरिमा एक जनाको हत्या

    काठमाडौँको चन्दागिरि नगरपालिकामा एक जनाको हत्या भएको छ ।

    images

    दाजुभाइबीचको सामान्य घरायसी विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक जना मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।

    महानगरीय प्रहरी वृत्तअनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

    हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् । एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । उनलाई सोमबार पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ ।

    शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

  • सम्बन्धित विषय:

  • # एक जनाको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology