Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी थप जटिल अवस्थामा

नेपालमा कोरोना संक्रमित मध्ये १४७ गम्भीर अवस्थामा : १३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा

नेपालमा कोरोना संक्रमित मध्ये १४७ गम्भीर अवस्थामा : १३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • २०:३४:०६ बजे
  • 1.4K
    SHARES
  • नेपालमा कोरोना संक्रमित मध्ये १४७ गम्भीर अवस्थामा : १३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा

    नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १ सय ४७ जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    images
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १ सय ३५ जनाको आइसियु र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।

    उनका अनुसार भेन्टिलेटरमा रहेका १२ जना वागमती प्रदेशका छन् ।प्रदेश १ मा १५ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५२ जना, प्रदेश ५ मा १६ जना र कर्णाली प्रदेशमा ६ जनाको आइसियुमा उपचार भइरहेको छ ।

    शनिबार दिउँसोसम्म देशघर ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना निको भएर घर फर्किएका छन् भने १ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology