Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • ०८:४१:१७ बजे
  • 1.1K
    SHARES
  • स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ

    महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घन्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।

    images

    नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मीनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका(६ का मोजहिद रेजा भिठ्ठामोड(जलेश्वरबाट पक्राउ परेका हुन् ।

    भारतबाट नेपाल आउँदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    पक्राउ परेका दुवै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीको छ ।

    प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १–१ हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ ।

    अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology