Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

कोरोना भाइरसविरुद्ध कीराको सहयोगबाट बनाइरहेको भ्याक्सिनलाई, चीनले मानिसमाथि ट्रायल गर्न अनुमति दियो

कोरोना भाइरसविरुद्ध कीराको सहयोगबाट बनाइरहेको भ्याक्सिनलाई, चीनले मानिसमाथि ट्रायल गर्न अनुमति दियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • २३:१९:५४ बजे
  • 1.1K
    SHARES
  • कोरोना भाइरसविरुद्ध कीराको सहयोगबाट बनाइरहेको भ्याक्सिनलाई, चीनले मानिसमाथि ट्रायल गर्न अनुमति दियो

    एजेन्सी/ चीनले कीराको सहयोगबाट बनाइरहेको एक सम्भावित कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मानिसमा ट्रायल गर्न अनुमति दिएको छ ।

    समचार एजेन्सी रोयटर्सका अनुसार यो जानकारी शनिबार चीनको चंगदु शहरको स्थानीय प्रशासनले दिएको हो।चीन कोरोना भाइरसको महामारीलाई रोक्नका लागि सस्ता भ्याक्सिन बनाउने विश्वव्यापी दौडमा संलग्न छ ।

    सोशल मिडिया भि–च्याटमा चंगदूको शहरी प्रशासनले एक सूचना साझा गर्‍यो, जस अनुसार कोरोना भाइरसको खोपको लागि कीराको कोशाहरूको प्रयोग गरी प्रोटीन बनाएको छ। चीनमा यस्तो पहिलो खोप हो।

    images

    नोटिसका अनुसार सचुआन विश्वविद्यालय चंगदुको वेस्ट चाइना अस्पतालमा तयार गरिएको यो खोप राष्ट्रिय मेडिकल उत्पाद प्रशासनबाट क्लिनिकल परीक्षणको लागि स्वीकृत भएको छ। नोटिसमा यो पनि लेखिएको छ, ‘जब यो खोप बाँदरहरूमा परीक्षण गरिएको थियो, यो देखियो कि यसले सार्स–कोभ २ संक्रमणलाई कुनै साइड इफेक्ट बिना रोक्दछ।’

    चिनियाँ वैज्ञानिकहरूले कम्तिमा आठ अन्य सम्भावित कोरोना भाइरस खोपहरुमा काम गरिसकेका छन, जुन विभिन्न डिग्रीको क्लिनिकल परीक्षणमा छन्।

    जर्मनी र संयुक्त राज्य अमेरिकाका केही कम्पनीहरूले स्थानीय चिनियाँ कम्पनीहरूलाई प्रयोगात्मक भ्याक्सिन परीक्षण गर्न सहयोग गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology