Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्मार्ट लकडाउन सम्बन्धी नयाँ आदेश जारी : के-के गर्न पाइन्छ ?

स्मार्ट लकडाउन सम्बन्धी नयाँ आदेश जारी : के-के गर्न पाइन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १६:४९:१७ बजे
  • 931
    SHARES
  • स्मार्ट लकडाउन सम्बन्धी नयाँ आदेश जारी : के-के गर्न पाइन्छ ?

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

    images

    दैनिक रुपमा कोरोना संक्रमितको संख्या झन् बढ्दै गएपछि काठमडाैंसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातदेखि लागू हुने गरी माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ ।

    जारी विज्ञप्तिमार्फत गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनिएको छ ।

    भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन आदेश दिइएको छ । यस्तै, माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न पनि भनिएको छ ।

    धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्न आदेश जारी गरिएको छ ।

    सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्नेलगायतका निर्णय पनि प्रशासनले गरेको छ ।

    यसैगरी सपिङ मलमा २५ जनाभन्दा बढी व्यक्तिलाई प्रवेश गर्न रोक, दुई मिटरको दूरी कायम, अनिवार्य मास्क लगाउनुपर्नेलगायतका निर्णय पनि भएको छ ।

  • सम्बन्धित विषय:

  • # स्मार्ट लकडाउन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology