काठमाडौँको कोटश्वरमा टिपरले टक्कर दिँदा अनन्त लिम्बुको लिम्बुको मृत्युको भएको छ ।
मोरङ घर भएका २६ वर्षीय लिम्बु भक्तपुरको सल्लाघारीमा बस्दै आएका थिए। मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको लिम्बुले चलाएको प्रदेश–३ –०२६ प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो ।
ना १ प ४५०२ नम्बरको टिपरले ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको छ ।
चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको छ ।