Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१०औँ सन्तान पनि छोरी जन्मिएपछि बितिन् ३३ वर्षकी गौगोरा छत्याल

१०औँ सन्तान पनि छोरी जन्मिएपछि बितिन् ३३ वर्षकी गौगोरा छत्याल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • १४:१४:३६ बजे
  • 2.0K
    SHARES
  • १०औँ सन्तान पनि छोरी जन्मिएपछि बितिन् ३३ वर्षकी गौगोरा छत्याल

    दशौँ सन्तान जन्माउँदा पनि छोरा नभएपछि एक आमाले मृत्यु रोजेकी छन् । घटना कर्णाली प्रदेश हुम्ला जिल्लाको हो । मंगलबार अदानचुली गाउँपालिका–५ का ३३ वर्षकी गौगोरा छत्यालले दशौँ सन्तानलाई जन्म दिइन् ।

    images

    उनको छोरा पाउने आशा थियो । धेरैले भनेका पनि थिए यो पटक छोरा नै हुन्छ । यसअघि उनले ९ छोरीलाई जन्म दिएकी थिइन् । तर दुर्भाग्य भयो मंगलबार १०औँ सन्तानको रुपमा जन्माएकी बच्चा पनि छोरी नै भइदियो । त्यसपछि उनी १०औँ छोरीको आमा भएको ५ मिनेटपनि बेहोस भइन् ।

    उनलाई छोरा नजन्माएको भन्दै परीवारबाट मानसिक तनाव दिइने गरेको थियो । स्थानीयका अनुसार उनको यो पटक छोरा नै हुन्छ भन्ने थियो, यो पटक तर छोरा नजन्मिएपछि उनी बेहोस भइन् ।

    उनी छोरीको अनुहार देखेपछि पाँच मिनेटमै बेहोस भएकी थिइन् । उनलाई छोरा पाउनै पर्ने बाध्यताका कारण उनी ३३ वर्षको उमेरमै १० सन्तानलाई जन्मदिन बाध्यसमेत भएकी थिइन् ।

    उनमा यसअघि कुनै स्वास्थ्य समस्या थिएन । तर उनको छोरा नपाएको कारण नै दुखी हुनु पर्यो यति सम्मकी परानै त्याग्नुपर्यो । उनलाई परीवारको दवावले नै बेहोस हुनुपर्ने अवस्था रह्यो ।

    अस्पताल रिपोर्टले उनलाई हर्टअट्याक भनेको छ । उनी मानसिक तनाव र सुत्केरी अवस्थाको पीडाले उनको हर्टअट्याक हुन गयो । जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहरा बेहोस हुनुको कारण मुख्यगरी मानसिक तनाव नै भएको बताउछिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology