Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आगो ताप्दा ढिस्कोले पुरिएर दुईको मृत्यु

आगो ताप्दा ढिस्कोले पुरिएर दुईको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • ०८:२९:४३ बजे
  • 1.1K
    SHARES
  • आगो ताप्दा ढिस्कोले पुरिएर दुईको मृत्यु

    जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ ।

    images

    बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् ।

    ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो ।

    उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

    ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।

    स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology