गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् ।
उनले आफु कोरोनाको चपेटामा परेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् ।
उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् ।
‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ ।
त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’
अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।