Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने

टी–२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १३:५२:३१ बजे
  • 1.0K
    SHARES
  • टी–२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने

    आईसीसी टी–२० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन्।

    images

    आईसीसीले अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो।

    १६ अक्टोबरबाट सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ।

    पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर–२ र क्वालिफायर–३ बीच प्रतिस्पर्धा हुनेछ। यस्तै साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ।

    जुन खेल २२ अक्टोबरमा हुनेछ। भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा हुनेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल २ नोभेम्बरमा सिड्नीमा हुनेछ भने १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुनेछ।

    सुपर १२ को ग्रुप ‘वान’ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन्। समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन्।

    cup.jpg

    पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन्। त्यस्तै समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन्।

    त्यस्तै ग्रुप ‘टु’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन्।

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology