Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

काठमाडौं उपत्यकामा कस–कसलाई जोर–बिजोर लाग्दैन ?

काठमाडौं उपत्यकामा कस–कसलाई जोर–बिजोर लाग्दैन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १४:२४:१७ बजे
  • 667
    SHARES
  • काठमाडौं उपत्यकामा कस–कसलाई जोर–बिजोर लाग्दैन ?

    काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

    images

    कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको बेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेको हो ।

    जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे प्रष्ट्याएको छ ।

    जोर बिजोर प्रणाली लागू नहुने गरी सञ्चालन गर्न पाइने सवारी साधनहरुको प्रशासनले स्पष्ट जानकारी दिएको छ ।

    औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

    त्यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

    त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) लाई जोर बिजोर लाग्ने छैन । परिचयका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

    सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास–परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा पनि यो प्रणाली लागू हुने छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology